‘नलाऊ माया दुइतिर’ भन्नेहरु तीनतिर भइयो – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८
6.3K
SHARES

२१ चैत काठमाडौं । आज पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वमाओवादीहरु अहिले विभिन्न पार्टीमा पुगेको स्मरण सामाजिक सञ्जालमार्फत गरेका छन् ।

त्रिभुवन विमानस्थलमा तत्कालीन माओवादीमा रहेकी अभिनेत्री रेखा थापा, माओवादी नेता वर्षमान पुनसँगको तस्बिर सेयर गर्दै भट्टराईले भनेका छन्, “एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरु वर्षमान पुन र रेखा थापासँग जम्काभेट ! नलाऊँ माया दुईतिर भन्ने गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।”