दक्षिणले आक्रमण गरे परमाणु हतियार प्रहार गर्ने उत्तर कोरियाको चेतावनी
२२ चैत सिओल । उत्तर कोरियाले दक्षिण कोरियामाथि परमाणु हतियार प्रहार गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोन उनकी शक्तिशाली बहिनी किम यो जोङले मंगलबार उत्तर कोरियाले युद्धको विरोध गर्ने तर दक्षिण कोरियाले आक्रमण गरे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएकी हुन् ।
उत्तर कोरियाली सरकार र सत्तारूढ पार्टीकी वरिष्ठ अधिकारी किमले दक्षिण कोरियाली रक्षामन्त्रीले उत्तर कोरियामाथि आक्रमण गर्नेबारे टिप्पणी गरेर ‘धेरै ठूलो गल्ती’ गरेको बताएकी सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
दक्षिण कोरियाली रक्षामन्त्री सु वुकले शुक्रबार आफ्नो देशको सेनासँग उत्रर कोरियाको कुनै पनि निसानामा सही र तीव्र रूपमा प्रहार गर्ने क्षमता भएको क्षेप्यास्त्र रहेको बताएका थिए । रोयटर्सबाट ।