गठबन्धन सम्मानजनक ढङ्गबाट नभए माओवादी एक्लै लड्छ – नेता श्रेष्ठ
२२ चैत गोरखा । आज नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताए।
नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुने समेत बताए। ‘हाम्रो पार्टीको प्राथामिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन। गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ,’ श्रेष्ठले भने।