पाँच दिनदेखि उठेन फोहोर


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २३ २०७८
5.3K
SHARES

२३ चैत काठमाडौं। नेपाल सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्।

पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार्र यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ।

बैठकमा बोल्दै कार्यकारी अधिकृत पौडेलले दिनभर कालोपत्रे गरी रातिबाट फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउन प्रहरीलाई आग्रह गरिने बताए। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका सिसडोल इन्चार्ज रविन प्यासीले स्थानीयसँग छलफल भइरहेको बताए।

उनले भने- ‘मंगलबारबाट कालोपत्रे गर्ने सामान ल्याउन थालेको छ। सायद आजबाट लगातार काम हुनेछ।