नेप्सेमा ३५ अंकको सुधार


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
9.1K
SHARES

२४ चैत काठमाडौं। साताव्यापी करेक्सनपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ३५ अंकमाथिको सुधार आएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से ३५.६६ अंकले बढ्दै २४ सय ६४.३१ अंकमा उक्लिएको हो ।  यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढ्दै ४६३.७३ अंकमा उक्लिएको छ ।  आज सबैजसो उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली हुँदा सबैभन्दा बढी अन्य समूहको ३.५९ प्रतिशतले बढेको छ ।

यस्तै, व्यापार समूहको २.६२ प्रतिशतले बढ्दै गर्दा यता जीवन बीमा समूहको १.९२ प्रतिशतले, फाइनान्स समूहको १.३५ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३३ प्रतिशतले, बैंकिङ र होटल तथा पर्यटन समूह समान १.१४ प्रतिशतले बढेका छन् ।  तर, ३५ अंक माथिले बढेको बजारमा आज जम्मा २ अर्ब १२ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । आज नेष्ठो लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ ।