किन दुई दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएन ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
10.5K
SHARES

२५ चैत  काठमाडौं । मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीहरुबाटै बाहिर आएको त्यो निर्णय शुक्रबार सार्वजनिक भने भएन । बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक गरे ।

तर, उनले सार्वजनिक गरेका निर्णयका २३ ओटा बुँदामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भने उल्लेख छैन ।  एक मन्त्रीका अनु्सार मन्त्रिपरिषदले शनिबार र आइतबार दुईदिन बिदा दिने निर्णय नीतिगत रुपमा मात्र भएकाले त्यसलाई सार्वजनिक नगरिएको हो ।