धान खाने मुसो, चोट पाउने भ्यागुतो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २६ २०७८
8.2K
SHARES

२६ चैत काठमाडौँ । आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माप्रति इंगित गर्दै उनले ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भएको बताए । उनले भने, ‘थुतुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गरियो ।’