भोलि पुनः गठबन्धनको बैठक बस्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
5.8K
SHARES

२८ चैत काठमाडौं । स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भाेलि पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्ने जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

“आजको बैठकमा स्थानीय  निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने बारेमा छलफल भएको छ,” उनले भने ।  आजको बैठकले स्थानीय तह निर्वाचनबारे संयुक्त अपिल जारी गरेको छ ।