मेरो फोटो हटाउन भनेको छु – कुलमान


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ३० २०७८
5.3K
SHARES

३० चैत काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र) को चुनावी पोस्टरबाट आफ्नो फोटो हटाउन भनेका छन्।

आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको कुलमानले बताए।

‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले हामीसॅंग भने,‘मैले हटाउन भनिसकेको छु। उनीहरूले हटाउँछौं भनेका छन्।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ।