दक्षिणकाली–सिस्नेरी सडक बन्द


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २ २०७९
3.8K
SHARES

२ बैशाख काठमाडौं । दक्षिणकाली–सिस्नेरी सडकखण्डमा आज सवारी आवतजावत बन्द गरिएको छ । सडक मर्मतका कारण बन्द गरिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मुड्खु हुँदै नुवाकोटतर्फ जाने फोहोर ढुवानीका सवारीसाधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै, सडक मर्मतका लागि आज पनि ललितपुरको सुनाकोठी, चौतारादेखि बांगेधारासम्मको सडकखण्डमा चल्ने सवारीसाधनलाई सातदोबाटो–धापाखेलमोड हुँदै सञ्चालन गराइएको छ ।