पल शाह प्रकरण : किशोरीले फेरिन् बयान !


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९
5.1K
SHARES

काठमाडौं । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् । नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए ।‘‘अदालतमा पीडितले बयान फेरेकी छन्,” ती वकिलले भने ।

स्रोतकाअनुसार पीडित किशोरीले आफूले प्रभाव र दबाबमा आएर आरोप लगाएको बताएकी छन् । पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।