एमालेको सचिवालय बैठक बस्दै , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ५ २०७९
3.4K
SHARES
५ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
स्थानीय तह निर्वाचनको तयारी, चुनावी घोषणापत्र, उमेदवार छनोटलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
विशेषगरी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ । एमालेको घोषणापत्र यही वैशाख ९ गते सार्वजनिक गरिने बताइएको छ ।
सचिवालय बैठकअघि आजै एमालेको केन्द्रीय कार्यालयको बैठक पनि बस्दै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट