हामी अपमान सहनका लागि जन्मेका होइनौँ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ६ २०७९
2.5K
SHARES

६ वैशाख काठमाडौं । नेकपा (एकीकृत समाजनवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्तिको अवमूल्यन गरिएको गुनासो गरेका छन् । मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले गठबन्धनमा आफूहरूलाई अपमान भइरहेको संकेत गरे ।

“अपमानपूर्ण ढंगले व्यवहार पनि गर्ने खालको पनि आइरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ,” नेपालले भने । सात महिनाको अवधिमा पार्टी वडा तहसम्म फैलिएको र पार्टी प्रवेशको लहरले पार्टीको भविष्य देखाउने समेत उनले बताए ।