राष्ट्र बैंकको स्वायत्तता सर्वोच्चले बचाइदियो – गभर्नर


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ६ २०७९
2.4K
SHARES

६ वैशाख काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल कुनै पनि कारवाही नगर्न सर्वोच्चले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई १२ दिनअघि निलम्बन गरेको थियो ।

सर्वोच्चको आदेशपछि हामीसॅंग कुरा गर्दै गभर्नर अधिकारीले सर्वोच्चले राष्ट्र बैंकको स्वायत्तता बचाइदिएको प्रतिक्रिया दिएका छन् ।