सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
७ वैशाख काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बुधबार पनि छलफलमा बस्दैछन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने बस्ने बैठक ११ बजेबाट सुरु हुने बताइएको छ। मंगलबार महानगरको भागबण्डा मिलाएको गठबन्धन बैठकले बुधबार उपमहानगरपालिकाको टुङ्गो लगाउने बताइएको छ।
पार्टीको स्थानीय स्तरमा देखिएको तीव्र असन्तुष्टिका बीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर र कास्कीको पोखरा महानगर क्रमशः माओवादी र नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए।
कांग्रेसले वीरगञ्ज महानगरपालिका पनि जनता समाजवादी पार्टीलाई छाडेको छ। नेपालगञ्ज र जनकपुर बाहेकका ९ उपमहानगरपालिकामा पनि टिकट बाँडफाँटमा सहमति जुटिसकेको नेताहरुले बताएका छन्।