आगामी वर्ष भ्यूटावरमा बजेट खर्च हुँदैन – मन्त्री झाँक्री


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
2.6K
SHARES

७ वैशाख काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ ।

सहरी  विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने जानकारी दिएकी हुन् । सञ्चालनको मापदण्ड नभएको  र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यूटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनले स्पष्ट पारिन् ।

भन्छिन्, “आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा  भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट राख्दैनौँ । राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संररचनाले जनजीवनसँग अर्थ राख्दैनन् । अर्को कुरा यसको सञ्चालनको मोडालिटी समेत छैन ।”

तर यसअघि मन्त्रालयले बनाउने भनेको ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ ।  यस्तै, मन्त्रालयले एकीकृत वस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत वस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर वस्ती विकास कार्यक्रम ल्याइने बताइन् ।