सहमति नजुटेपछि बालुवाटारमै दलहरु आन्तरिक छलफलमा


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
2.3K
SHARES

७ वैशाख काठमाडौँ । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । महानगरको टुंगो लगाएको बताएका राजनीतिक दलहरु अहिले आन्तरिक लछफलमा व्यस्त छन् । छलफल सकेर संयुक्त बैठक बस्ने तयारी छ । आजै उपमहानगरको टुंगो लगाउने तयारी छ ।

स्रोतका अनुसार बालुवाटारमा विभिन्न चरणवद्ध छलफल भइरहेका छन्। ‘बैठक रोकिँदै चल्दै गरेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सहमति जुटाउन एकपक्षीय द्विपक्षी र बहुपक्षीय बैठक चलिरहेको छ।’

सत्ता गठबन्धनभित्र महानगरको भागबन्डा मिलिसकेको छ। काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको हो।