आज डब्लूएचओका महानिर्देशक नेपाल आउँदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९
2.5K
SHARES

८ वैशाख काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन् ।

महानिर्देशक टेड्रोसका साथ डब्लूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारीहरू आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।