चीनले नेपालविरुद्ध नाकाबन्दी गरेको कुरा निराधार – चिनियाँ राजदूत


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९
4.9K
SHARES

८ वैशाख काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालविरुद्ध नाकाबन्दी गरेको भन्ने आरोप निराधार रहेको बताएकी छन्।  काठमाडौस्थित चिनियाँ दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले कोरोना महामारीबीच पनि नेपाल–चीनबीच व्यापार बढेको बताइन्।

‘हाम्रा दुई देशबीच यहीबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ। जुन विगत वर्षभन्दा ६३ प्रतिशत बढी हुन आउँछ। त्यसैले कथित सफ्ट ब्लकेड भनिने गरेको विषय निराधार हो’, उनले भनिन्।  उनले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिइन्।