एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ – अध्यक्ष ओली
८ वैशाख काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन नेकपाका नेताहरु माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनीहरुको थुतुनो जलेको बताएका हुन् ।
‘एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ’, ओलीले आफुविरुद्ध १९ पृष्ठ लामो आरोपको पुलिन्दा अघि सारिएको पनि बताए । उनले नेकपाको एकता जोगाउन धेरै प्रयास गरेपनि सफल हुन नसकेको बताए । उनले २८ वर्षसम्म पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्री भैसकेका केही नेताहरु एमाले ध्वस्त पार्छौ भनेर छोडेको अवस्थामा आज पार्टीको वैचारिक स्पष्टता, सांगठनिक सुदृढता हुनु कम चुनौतिपूर्ण नभएको बताए ।