सत्तारुढ गठबन्धन : एमालेसँग तालमेल गरे कारवाही, निर्णयविपरीतका उमेदवारी फिर्ता गर्न निर्देशन


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
12.2K
SHARES

१४ वैशाख काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् ।

सम्बन्धित दलले नै पहल गरेर स्वतन्त्र हैसियतमा दर्ता गरेका उमदेवारीहरु फिर्ता गराउने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने निर्णय गरिएको उल्लेख छ ।

यस्तो छ विज्ञप्ति