यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचिसहित)


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
9.2K
SHARES

१४ वैशाख काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यालय समयमा हेरफेर गरेको जानकारी दिए। जेठ १ गतेदेखि कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म हुने गरी कायम गरिएको उनले बताए।

साथै, सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हप्ताको दुई दिन बिदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए। उनकाअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ। बैठकले यी लगायत १९ निर्णय गरेको छ।