चिह्न हेरेर मतदान गर्नोस् – महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
8.6K
SHARES

१५ वैशाख काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसका उमेदवारको मुख नहेरी चुनाव चिह्न हेरेर मतदान गर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उमेदवारहरूको मुख नहेरी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका हुन् । व्यक्तिमा असन्तुष्टि भए पनि पार्टीलाई मत दिनुपर्नेमा उनले जोड दिए । पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिपरेको उनको भनाइ छ ।

उनले १० वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना रहेको बताए । एमसीसी परियोजना सफल भएर १० वर्षमा हरेक नेपालीको चुलोमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने उल्लेख गरे । काठमाडौंका सडकमा डिजेल र पेट्रोलका गाडीहरूलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गर्न सकिने पनि बताए । मतदान गरेर मात्रै पार्टीले नजित्ने भन्दै उनले सही रूपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मतगणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।