ओलीको पार्टीलाई धुलो चटाएका छौँ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
6.3K
SHARES

१५ वैशाख काठमाडौं ।आज  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा निर्वाचनमै केपी शर्मा ओलीको पार्टीलाई धुलो चटाएको बताए ।

“दुईजना पालिकाका प्रमुख निर्विरोध चयन भइसकेका छन्,” उनले भने, “तीनजना उपप्रमुख निर्विरोध निर्वाचित भइसकेका छन् भने ७ वडाअध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।” उनले एमाले उमेदवार रामबहादुर थापा बादललाई राष्ट्रिय सभामा पराजित गरेको स्मरण गरे ।

“बादललाई पराजित गरेका हौँ राष्ट्रिय सभामै,” उनले भने, “हामीले त्यसपछि विजयीको सुरुवात गरेका हौँ । पछि भएको राष्ट्रिय सभा निर्वाचनमा पाँचजना हाम्रा उमेदवार जिताएका छौँ, केपी ओलीको पार्टीलाई त्यसबेला नै धुलो चटाउने काम गरेका हौँ ।”