आज आयोगले चुनाव चिह्न प्रदान गर्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १७ २०७९
6K
SHARES

१७ वैशाख काठमाडौं । निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । आसन्न स्थानीय निकाय निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उमेदवारलाई आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत  निर्वाचन आयोगले उमेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।