भरतपुर प्रधानमन्त्री आजै जाने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
2.4K
SHARES

२१ वैशाख काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा आजै चितवन जाने भएका छन् । भोलि हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेको बताइए पनि कांग्रेसका तर्फबाट मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेलसहितका नेता कार्यकर्तालाई फकाउन त्यसतर्फ जान लागेको स्रोतले जनाएको छ ।

चितवन जिल्ला सभापति राजेश्वर खनालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा दिउसो ४ बजे चितवन पुग्ने कार्यक्रम रहेको बताए । असन्तुष्ट नेता तथा कार्यकर्तालाई भेट्ने तयारीस्वरुप प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।