हेमन्तप्रकाश- धर्मेन्द्र पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटायो , बास्तोला संयोजक तोकिए


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
3.5K
SHARES

२१ वैशाख काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।

केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले जानकारी दिए ।

भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ । स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।