गठबन्धन भत्काउँदिनँ, शंका नगर्नोस् – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
6.8K
SHARES

२२ वैशाख काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ता गठबन्धनभित्र गरेको बाचा पूरा गर्ने भन्दै आफूलाई विश्वास गर्न चितवनवासीलाई आग्रह गरेका छन् ।

बिहीबार चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई गठबन्धन ‘तैँले भत्काउने होस् कि ?’ भन्ने प्रश्न आएको भन्दै विश्वास गर्न आग्रह गरेका हुन् ।

“गठबन्धन गर्न बूढानीलकण्ठ जाँदा कांग्रेसका साथीहरूले केपी ओलीसँग एकता गर्दा के पाउनुभयो खै भनेर सोध्नुभएको थियो,” प्रचण्डले भने, “मेले ज्ञान प्राप्त गरेँ भनेर त्यति बेला भनेको थिएँ । चितवनवासीसँग आग्रह गर्छु, मैले निकै ठूलो मूल्य चुकाएर ज्ञान पाएर आएको छु । ममाथि शंका नगर्नुहोस् ।” उनले धेरै सोचविचार गरेर गठबन्धन निर्माण गरेको भन्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे ।