संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २५ २०७९
2.4K
SHARES
२५ वैशाख काठमाडौं । सरकारले आउँदो जेठ ३ वा ४ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
“जेठ ३ वा ४ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,” ती मन्त्रीले बाह्रखरीसित भने । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट