यी ९ जनाले पाए विशेष पर्यवेक्षकको भूमिका


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २६ २०७९
8K
SHARES

२६ वैशाख काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’को रुपमा निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ

देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिएकोमा आयोगले ९ जनालाई ‘विशेष पर्यवेक्षक’को मान्यता सहित अनुमति दिएको हो ।

निर्वाचन आयोगले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु भोजराज पोखरेल र निलकण्ठ उप्रेती, पूर्वगभर्नर हिमालय शमशेर जबरा, पूर्व निर्वाचन आयुक्त इला शर्मा, मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्य र पूर्वसचिव उदय नेपालीलाई विशेष पर्यवेक्षकको मान्यता दिएको हो ।