पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख ३१ २०७९
11.9K
SHARES
३१ वैशाख काठमाडौं । स्थानीय निवार्चन सकिएको भोलिपल्टै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ ।
डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ । हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निमगले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागु हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट