अर्थमन्त्री शर्मा बजेट छलफलमा उपस्थित
५ जेठ काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन्। प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए।
अर्थमन्त्रीले पेश गरेको विधेयकमाथि छलफल गर्ने क्रममा अर्थमन्त्री नै अनुपस्थित भएपछि एमालेले प्रश्न उठाएपछि बैठकमा उपस्थित हुन सभामुखले निर्देशन दिएका हुन्।
सभामुख सापकोटाले भने, ‘प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम संबन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थितिका लागि निर्देश गर्दछु।’
उनले सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित नभएसम्म अन्य मन्त्रालयका मन्त्रीहरूले छलफलमा उठेको विषयलाई टिपोट गर्न निर्देशनसमेत दिए।