मुख्य सडकको बिजुलीको पोलमा आगलागी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ६ २०७९
6.1K
SHARES
६ जेठ धनगढी । धनगढीको मुख्य सडकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । धनगढी ४ को ६ लेन सडकस्थित सहिदगेट नजिकै आगलागी भएको हो । सहिदगेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ ।
विद्युतको तार सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ । अहिले दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिइरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट