यस्तो छ भरतपुरको पछिल्लो मत परिणाम


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
6.9K
SHARES

७ जेठ चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन् । उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङसँग १२ हजार २०० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।

गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा (एमाले)ले वडा नम्बर–३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ एवं नेकपा (माओवादी केन्द्र)ले वडा नम्बर–१३ मा विजय हासिल गरेको छ । हाल भरतपुर महानगरपालिका वडा नम्बर–१५ र १६ को गणना जारी रहेको छ । गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवारले अग्रता लिएका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । रासस