ललितपुरमा २२,०३५ मत गन्न बाँकी, चिरिबाबुको फराकिलो अग्रता


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
4.2K
SHARES

८ जेठ काठमाडौ ।  स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ । नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् । अब ललितपुर महानगरमा २२ हजार ३५ मतगणना गर्न बाँकी छ ।