निक्षेप बढाउन होइन उपभोग घटाउन ब्याजदर बढाइएको हो – गभर्नर


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
6.6K
SHARES

८ जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बढाउन नभई उपभोग घटाउन ब्याजदर बढाएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा उनले आयातित वस्तुको उपभोग घटोस् भन्ने मनसायले ब्याजदर बढाएको बताए ।

तर, उपभोक्ताहरू भने जति परे पनि मूल्य तिर्न तयार देखिएको उनले बताए । “निक्षेप बढोस् भनेर ब्याजदर बढाएको होइन, आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको हो” उनले भने, “तर, जति परे पनि मूल्य तिर्न उपभोक्ता तयार भएको देखियो ।”

अर्थतन्त्र आयातमा आधारित भइरहेको भन्दै त्यसले मूल्यवृद्धि बढाउन सहयोग गरेको उनले बताए । उनले विगतमा एक वर्षमा आयात हुने केही वस्तु अहिले कुनै ६ महिना त कुनै ९ महिनामै आयात भएको बताए ।