८,४९४ मतले रेनुको अग्रता


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
4.1K
SHARES

८ जेठ चितवन । चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले ३८ हजार ६५५  मत पाएकी  छन् ।

नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन् ।