बालेनको फराकिलो अग्रता कायमै, कसको पक्षमा कति मत ?


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९
5.8K
SHARES

९ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । एक लाख ३५ हजार ६९३ मत गन्दा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले ४६ हजार ४७६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केशव स्थापित २६ हजार ८६१ मतसहित तेस्रो स्थानमा छन् ।