स्वीजरल्यान्डको ८६ करोड अनुदान साहयता स्वीकार
९ जेठ काठमाडौं । सरकारले स्वीजरल्यान्डबाट प्राप्त सहयोग अनुदान स्वीकार गरेको छ । सोमबार मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वीजरल्यान्ड सरकारबाट प्राप्त हुने करिव ८६ करोड १३ लाख अनुदान साहयता स्वीकार गर्ने निर्णय भएको बताए ।
सो रकम वैदेशिक रोजगाबारबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि साहयता रकम स्वीकार गरिएको बताए । यस्तै सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिव ३३ अर्व ऋण साहयता सम्बन्धमा वार्ता टोली गठन गरेको उनले जानकारी दिए ।