२२,५६४ मत गन्न बाँकी, बालेनले पाए ५४,७१८


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
6K
SHARES

११ जेठ काठमाडौ ।  स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अब २२ हजार ५६४ मत गन्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ५४ हजार ७१८ मत पाएका छन् । उनको जित निश्चितजस्तै भइसकेको छ ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ३४ हजार ६०८ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३३ हजार ९७५ मतका साथ तेस्रो स्थानमा छन् ।