बालेनले पाए ५५,७४७ मत, स्थापित तेस्रोमा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
8.4K
SHARES

११ जेठ काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अब १९ हजार ३२३ मत गन्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ५५ हजार ७४७ मत पाएका छन् । उनको जित निश्चितजस्तै भइसकेको छ ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ३५ हजार ३७१ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३४ हजार ६२६ मतका साथ तेस्रो स्थानमा छन् ।