प्रभु लाइफ इन्स्योरेन्सको सिईओ सन्तोष प्रसाई नियुक्त


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
5.3K
SHARES

११ जेठ काठमाडौं । बुधबार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी  नियुक्त गरेको छ ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यज्युबाट सन्तोष प्रसाईज्युले सपथ ग्रहण समेत गर्नुभई आजैबाट पदभारग्रहण समेत गर्नुभएको छ ।

प्रसाईंको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।