बिहानैदेखि काठमाडौमा मौसम बदली


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १४ २०७९
8.1K
SHARES

१४ जेठ काठमाडौं । काठमाडौंमा बिहानैदेखि मौसममा बदली देखिएको छ । आज बिहान देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि  सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ ।