तारा एयर दुर्घटना : अधिकांश शव चिन्न नसकिने अवस्थामा
१६ जेठ काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य सुरु गरिएको छ । घटनास्थलमा सेना र प्रहरीको टोली पुगेको छ । टोलीले शव संकलनको कार्य गरिरहेको छ ।
भेटिएका शवहरु चिन्न नसकिने प्रकृतिका रहेको घटनास्थलमा रहेका सुरक्षा अधिकारीले बताए । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो ।
यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेका थिए । जहाजमा २२ जना सवार थिए ।