प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरू


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
5.7K
SHARES

१७ जेठ काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आय÷व्ययको छलफल सुरू गर्न प्रस्ताव गरेसँगै छलफल सुरू भएको हो ।

अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज सोही बजेटमा गरिएका व्यवस्थाका बारेमा संसद बैठकमा छलफल सुरू भएको हो ।