लक्ष्मी बैंकले ‘ग्रिन’ बचत खाता पुनः सुरू गर्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
2.5K
SHARES

२२ जेठ काठमाडौ । लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रिन’ बचत खाता पुनः सुरू गरेको छ। ५० औं विश्व वातावरण दिवसको अवसर पारेर बैंकले यो खात पुनः सुरू गरेको हो।

भिडियो केवाइसी र डिजिटल बैंकिङजस्ता सेवाका कारण यो खाता पूर्ण कागजबिहीन छ। यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशत ब्याजदर पाउँछन्। साथै ग्रिन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क पाइन्छ। बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धता अनुसार ‘गो ग्रिन’ अभियानमा सहयोग पुग्ने विश्वास छ। प्रत्येक ग्रिन सेभिङ खाताबापत बैंकले एउटा रुख रोप्नेछ।

ग्रिन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय उर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्याँस न्यूनीकरणलगायत दीगो विकास लक्ष्यहरूअन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले बताएको छ।

यो पहलमार्फत बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दीगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ। बैंक एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिपमा पनि सामेल भएको छ। सो साझेदारीमार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ। जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने विश्वास छ।

विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनी द्वारा कुनै पनि क्युआर भुक्तानी गर्दा १० प्रतिशत (प्रती व्यक्ति ५० रुपैयाँसम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो। क्युआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने उल्लेख गरिएको थियो। यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टसमार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रिन प्याकेज एक वर्षका लागि निःशुल्क नवीकरण गर्न सक्छन्।