नारायणगढ – मुग्लिन सडक खुल्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
3.5K
SHARES

२६ जेठ काठमाडौं । वर्षासँगै खसेको पहिरोका कारण गएरातिबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका दुई स्थानमा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले पहिरो हटाएर दुईतर्फी बाटो सञ्चालनमा आएको बताए । गएराति ११ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको थियो । सडक अवरुद्ध भएपछि सवारी साधनहरू नारायणगढ, आबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका थिए ।