पेट्रोलियम पदार्थको मूल्य बढ्यो , कुनमा कति?


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
5.5K
SHARES

२६ जेठ काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ र डिजल/ मट्टीतेलमा प्रतिलटर १२ रूपैया बढाएको हाे।

अब पेट्रोल प्रतिलिटर १सय ७८ रुपैयाँ र डिजल/ मट्टीतेलमा प्रतिलटर १ सय ६५ रुपैयाँ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।