काठमाण्डौँको फोहोर बञ्चरेडाँडामा फाल्ने सहमति
२७ जेठ काठमाडौ । लामो समयदेखि फोहोर फाल्न अवरोध गर्दै आएका नुवाकोट बञ्चरेडाँडाका स्थानीयले आज रातिबाट फोहोर फाल्न दिन सहमत भएका छन् ।
गएराति भएको वार्तामा बञ्चरेडाँडा वासी फोहोर लैजान दिन सहमत भएका हुन फोहोर लैजादा राति लैजानु पर्ने, गाडीबाट लिच्चड नचुहिने गरी व्यवस्थापन हुनु पर्ने, राति ढुवानीका लागि बाटो पुर्वाधार, वत्तीको व्यवस्था महानगरले तीन महिना भित्र गर्ने, सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरले व्यवस्था गर्नु पर्ने, फोहोरको लिच्चड खोलामा नहाल्ने महानगरले व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको हो । बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि सिस्डोल–बन्चरेडाँडा क्षेत्रका वडाध्यक्षहरु सहभागी थिए ।
काठमाण्डौँ महानगरपालिकाले बल प्रयोग गरेर फोहोर लैजादा पनि असंभव भए पछि वार्ता र सहमति बनेको हो ।