अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न निषेध


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७ २०७९
7.7K
SHARES

२७ जेठ काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा क्षत्रेमा हड्ताल गर्न निषेध गरेको छ । गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।

हड्ताल निषेध गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवालगायत छन् ।

आवश्यक सेवा सञ्चालन ऐनअनुसार निषेध गरिएका सेवामा कुनै व्यक्तिले हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा उसलाई ६ महीनासम्म कैद वा २०० सय रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।